१० मंसिर २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियाको सुन खानीमा बाढीबाट मृ’त्यु हुनेको संख्या १३ पुग्यो, १३ अझै बेपत्ता

इन्डोनेसियाको जाभा टापुमा अवैधरूपमा सञ्चालित भारी वर्षापछि आएको बाढीका कारण सुन खानीमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ भने एक दर्जनभन्दा बढी अझै बेपत्ता छन्।

उद्धार अधिकारीले बिहीबार यो जानकारी दिएका हुन्। खनिजले भरिपूर्ण दक्षिणपूर्वी एसियाली द्वीपसमूहमा खानी दुर्घटना सामान्य छन्।

विशेष गरी अनुमति नभएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र प्रायः बेवास्ता गरिने हुँदा यस्ता घटना बढी हुन्छन्।

सोमबार भारी वर्षापछि नजिकैको नदीले बाढी ल्याउँदा खानी डुबेको थियो र कामदारहरू भित्रै थुनिएका थिए।

स्थानीय खोज तथा उद्धार प्रमुख देसियाना कार्तिका बहारीले वक्तव्यमा भनेका छन्, ‘बिहीबार बिहानसम्म १३ जना कामदारको शव भेटिएको छ भने १३ जना अझै बेपत्ता छन्।’

उद्धार अभियानमा करिब १०० मिटर (३३० फिट) गहिरा साँघुरो खाल्डा, न्यूनतम उज्यालो र चिप्लो भूभागजस्ता चुनौतीहरू रहेको देसियानाले बताइन्।

‘खोज तथा उद्धार (एसएआर) अभियानमा संलग्न कर्मचारीको सुरक्षा प्राथमिकतामा राख्दै स्थलगत अवस्थालाई ध्यानमा राखेर सबै प्रयास गरिएको छ,’ उनले थपे।

पश्चिम जाभा प्रहरी प्रवक्ता हेन्द्रा रोच्मावानका अनुसार सोमबार पानीले सुरुङ डुबाउनुअघि ११ जना खानी कामदार सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।

अधिकारिहरूलाई फसेका कामदारबारे मंगलबार मात्रै जानकारी पाइएको र उद्धार प्रयास भइरहेको उनले बताए।

प्रकाशित: १० मंसिर २०८३ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App