६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायती राजपरिवारकी सदस्य मेघनका बुबामाथि बाल यौन दुर्व्यवहारको आरोप, फिलिपिन्समा अनुसन्धान जारी

बेलायती राजपरिवारकी सदस्य मेघन मार्कलले आफ्ना अलग्गिएका बुबा थोमस मार्कलमाथि लागेको बाल यौन दुर्व्यवहारसम्बन्धी आरोपप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

उनले सन् २०१८ मै बुबाविरुद्धका गम्भीर आरोपबारे जानकारी पाएको खुलासा गरेकी छन्।

मेघनका अनुसार त्यस वर्ष थोमसविरुद्धका आरोप समेटिएको पत्र मेट्रोपोलिटन प्रहरीलाई पठाइएको थियो र पछि उनलाई पनि उपलब्ध गराइएको थियो।

ती आरोपबारे अनुसन्धान भइरहेको आश्वासन आफूले पाएको उनले बताएकी छन्।

हालै थोमसको फिलिपिन्सस्थित पूर्वनिवासमा बाल यौन दुर्व्यवहारसँग सम्बन्धित तस्बिर फेला परेको दाबी सार्वजनिक भएपछि विवाद चर्किएको हो।

थोमसले भने त्यस्ता तस्बिर आफूसँग रहेको आरोप अस्वीकार गरेका छन्।

मेघनले बालबालिकाको सुरक्षा आफ्नो प्राथमिकता रहेको बताउँदै बुबासँग दूरी कायम राख्नु र आफ्ना सन्तानलाई उनीसँग सम्पर्क गर्न नदिनुको उद्देश्य उनीहरूको सुरक्षा गर्नु रहेको स्पष्ट पारेकी छन्। उनले घटनामा न्याय सुनिश्चित गर्नसमेत आग्रह गरेकी छन्।

फिलिपिन्सको न्याय मन्त्रालयका अधिकारीका अनुसार, घटनाबारे बाल यौन शोषण तथा मानव बेचबिखनविरुद्धको कार्यदलले अनुसन्धान गरिरहेको छ।

फिलिपिन्सका गृहमन्त्री जोनभिक रेमुल्लाका अनुसार प्रहरीले थोमसको कम्प्युटर नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षण सुरु गरेको छ।

परीक्षणको नतिजा आउन करिब एक साता लाग्न सक्ने बताइएको छ। आरोपहरूको पुष्टि भइसकेको छैन र अनुसन्धान जारी छ।

प्रकाशित: ६ कार्तिक २०८३ १८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App