३ मंसिर २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रतिघण्टा कति किलोमिटरको गतिमा अघि बढिरहेको छ चक्रवात ‘अक्वान’ ?

बंगालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवाती आँधी ‘अक्वान’ नोभेम्बर २० को दिउँसोसम्म भारतको आन्ध्र प्रदेशको नरसापुर र ओडिशाको पुरीबीच उत्तर आन्ध्र प्रदेश, यानम र दक्षिण ओडिशाको तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।

भारतीय मौसम विभागको पछिल्लो अपडेटअनुसार नोभेम्बर १८ को राति साढे ११ बजे उक्त चक्रवात पश्चिम-मध्य बंगालको खाडीमा रहेको थियो। त्यसअघिका छ घण्टामा यो प्रतिघण्टा पाँच किलोमिटरको गतिमा उत्तरतर्फ अघि बढेको थियो।

त्यसबेला चक्रवात आन्ध्र प्रदेशको नरसापुरबाट करिब ४८० किलोमिटर दक्षिणपूर्व, चेन्नईबाट ५६० किलोमिटर पूर्व र ओडिशाको पुरीबाट ६६० किलोमिटर दक्षिणमा रहेको थियो।

मौसम विभागले यो चक्रवात थप उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरेको छ।

तटीय क्षेत्रमा प्रवेश गर्ने क्रममा चक्रवातसँगै चल्ने निरन्तर हावाको अधिकतम गति प्रतिघण्टा ९० देखि १०० किलोमिटरसम्म पुग्न सक्नेछ। हावाको झोक्काको गति भने प्रतिघण्टा ११० किलोमिटरसम्म पुग्न सक्ने मौसम विभागले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८३ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App