२० श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएलामा फेरि ५.६ म्याग्निच्युडको भूकम्प : मृत्यु हुने १४३० पुगे, ६८ हजार अझै बेपत्ता

३ हजार ३ सय घाइते

आइतबार दक्षिण अमेरिकी देश भेनेजुएलामा ५.६ म्याग्निच्युडको अर्को भूकम्प गएको छ। युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले भूकम्पको केन्द्रबिन्दु अरागुआको तटबाट समुद्रमा ३० किलोमिटर गहिराइमा रहेको बताएको छ।

जुन २४ मा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पपछि शनिबार ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो। भेनेजुएलामा हालसम्म १४ सय ३० जनाको मृत्यु भएको छ भने ३३ सयभन्दा बढी घाइते भएका छन्।

अधिकारीहरूका अनुसार भूकम्प गएको ७२ घण्टापछि पनि लगभग ६८ हजार ९ सय जना अझै बेपत्ता छन् र भग्नावशेषमा फसेकाहरूको खोजी जारी छ। विज्ञहरूका अनुसार भूकम्पपछिको पहिलो ४८ देखि ७२ घण्टा सबैभन्दा महत्वपूर्ण हुन्छ, किनकि यो समयमा मानिसहरूलाई उद्धार गर्ने सम्भावना बढी हुन्छ।

धेरै क्षेत्रहरूमा उद्धार टोलीको अभावका कारण मानिसहरूले आफ्ना प्रियजनहरूलाई खोज्न हातैले भग्नावशेष हटाइरहेका छन्। धेरै परिवारहरूले भवनहरूबाट भग्नावशेष हटाउन र आफ्ना प्रियजनहरूलाई खोज्न हथौडा र अन्य उपकरणहरू प्रयोग गरिरहेका छन्।

प्रकाशित: १४ असार २०८३ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App