५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा खाना नपाएर ८८ बालबालिकासहित १४७ को मृत्यु, हमासले राहत चोरेको ट्रम्पको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गाजालाई सहयोग गर्न धेरै पैसा दिइरहेको बताएका छन्। तर हमासले सहयोगको धेरै हिस्सा चोरेको आरोप समेत लगाएका छन्।  

स्कटल्याण्डमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। तर हमासले राष्ट्रपति ट्रम्पको यो भनाइलाई पूरै अस्वीकार गरेको छ। गाजामा अनिकालको प्रश्नमा उनले यस्तो बताए।  

यसबिच गाजामा रहेको हमास स्वास्थ्य मन्त्रालयले कुपोषणका कारण मृत्यु भएका व्यक्ति संख्याको बारेमा एक विज्ञप्ति जारी गरेको छ। जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुपोषणका कारण १४ जना मरेका छन् जसमा दुई बालबालिका पनि छन्।  

यससँगै खाद्यान्न अभावका कारण ८८ बालबालिका सहित कुल १४७ जनाले ज्यान गुमाएका छन्।  

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको २१ लाख जनसंख्याले आधारभूत आवश्यकताको ठूलो अभावको सामना गरिरहेको बताएका छन्। कुपोषण बढ्दै गएको भन्दै उनले गाजामा 'भोकमरीले हरेक ढोका ढकढक्याइरहेको' उल्लेख गरेका थिए। बीबीसी

प्रकाशित: १२ श्रावण २०८२ २१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App