अष्ट्रिया–अष्ट्रियाको सेल्जबर्ग शहरमा रहेको एक वेश्यालयले सरकारको कर नीतिको विरोधमा अचम्मको तरिका अपनाएको छ। सेल्जबर्गस्थित एक वेश्यालयले आफ्ना ग्राहकलाई निशुल्क सेवा दिँदै आएको छ। अष्ट्रिया सरकारले वेश्यालयमा कर लगाउनुका साथै व्यासायिक नियम लागु गर्ने निर्णय गरेको थियो।समाचार एजेन्सी रोयर्टसका अनुसार सेल्जबर्गकोे सो वेश्यालयले आफ्नो वेबसाइटमा 'हामी अब कर दिंदैनौं, आजैदेखि निशुल्क प्रवेश, निशुल्क मदिरा, निकुल्क सेक्स,' उल्लेख गरिएको छ। सो वेश्यालयले सरकारलाई कर नतिर्न आफ्ना ग्राहकलाई निशुल्क सेवा दिन लागेको हो। ग्राहकसँग पैसा नलिनएपछि सरकारलाई कर तिर्नु नपर्ने वेश्यालयका मालिकले बताए।
अष्ट्रियाका संचारमाध्यमहरुमा प्रकाशित तस्वीरमा वेश्यालयको सो अफरको फाइदा लिन वेश्वालयको अगाडि मानिसको भीड लागेको देखाइएको छ। तर सेक्स वर्कशलाई भने उनीहरुको कामको ज्याला दिने वेश्यालयका मालिकले बताएका छन्।
प्रकाशित: ३२ जेष्ठ २०७२ ०५:३१ सोमबार