५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तान्जानियाली विमान भिक्टोरिया तालमा खस्यो

तान्जानियाको प्रिसिजन एअरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ।

प्रिसिजनको एयरको उडानमा रहेको यस विमानमा ४३ जना सवार थिए। ती मध्ये २६ जनालाई उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ।

उक्त दुर्घटनामा कम्तीमा तीनजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दुईजना पाइलटहरू जीवितै रहेको भएपनि उनीहरू ककपिटमा फसिरहेको छन्।  

आर्थिक राजधानी दर ए सलामबाट उक्त विमान उडेको थियो। उद्धार कार्य जारी रहँदा तान्जानियाका राष्ट्रपतिले शान्त रहन अपिल गरेकी छन्।

उद्धारकर्ताहरूलाई स्थानीय माझीहरूले पनि खोजीमा सघाइरहेका छन्। बुकोबा विमानस्थलको एउटा धावनमार्गको अन्तिम विन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ।

उक्त विमानले आँधी र ठूलो वर्षाको सामना गर्नुपरेको विवरण आएका छन्। प्रिसिजन एअर तान्जानियाको प्रमुख निजी वायुसेवा हो।

प्रकाशित: २० कार्तिक २०७९ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App