१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्युयोर्क टाइम्सले माफी माग्यो

नयाँ दिल्ली—भारतको मिसन मंगलयानको सफलता बारे न्युयोर्क टाइम्सले प्रकाशित गरेको एक कार्टुन विवादस्पद बनेपछि पत्रिकाले माफी मागेको छ। २४ सेप्टेम्बरमा भारतको मंगलयान मंगलग्रहको कक्षमा प्रवेश गरेको थियो। यो सफलतासँगै पहिलो प्रयासमै मंगलमा सफलतापूर्वक यान पठाउने भारत पहिलो मुलुक बनेको थियो।

 

यसअघि अमेरिका, रुस तथा युरोपियन युनियनले धेरै प्रयासपछि मात्र मंगलमा यान पठाउन सफल भएका थिए।

न्युयोर्क टाइम्सको कार्टुनमा एक किसान गोरुलाई लिएर मंगल ग्रहमा पुगी ढोका ढकढकाउँदै गरेको र भित्र तीन चार विकसित पश्चिमी देशका वैज्ञानिक एलिट स्पेस क्लब लेखेको स्थानमा बसिरहेको देखाइएको थियो।

यो कार्टुनलाई लिएर न्युयोर्क टाइम्सको कडा आलोचना सामना गर्नु पर्‍यो। पाठकहरुले यसलाई विकासशील देशहरुप्रति पत्रिका पूर्वाग्रहग्रस्त भएको टिप्पणी गरेका थिए। कडा आलोचकहरु बढ्दै गएपछि पत्रिकाले माफी मागेको हो।

'हाम्रो यो कार्टुनलाई लिएर पाठकले गुनासो गरेका छन्। कार्टुनिस्टको उद्देश्य मंगल ग्रहमा धनी र विकसित देशको मात्र पहुँच छैन अब विकासशील देश पनि मंगलमा जाँदैछन् भन्ने थियो', माफी माग्दै सम्पादक एन्ड्रू रोजेँथालले भनेका छन्, 'कार्टुनका कारण पाठकको भावनामा चुट पुगेको भने म माफी चाहन्छु।'

प्रकाशित: १९ आश्विन २०७१ २३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App