१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा घरको छत खस्दा नौ जनाको मृत्यु

पाकिस्तानमा घरको छत खस्दा नौ जनाको मृत्यु भएको छ। पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास सहरमा घरको छत खस्दा एकै परिवारको नौ जनाको मृत्यु भएको हो।

त्यहाका सञ्चार माध्यमहरुका अनुसार आइतबार बिहान भएको उक्त घटनामा फराज खान नाम गरेका व्यक्तिको घरको छत खसेको र उनको परिवारको नौजनाको निधन भएको छ।

छत खसेलगत्तै स्थानीयबासी घटनास्थलमा पुगेको र प्रहरीहरुको सहायतामा करिब दुई घण्टापछि शव निकालिएको थियो।  

मृत्यु हुनेमा फराजकी श्रमिती खिना बिवी, छोराहरु–बक्रतुल्लाह, शराफउल्लाह, शदाकतुल्लाह, शिफयातुल्लाह,फराजकी छोरीहरु लिलान, किरण, नुसरत र नुजाहत रहेका छन्। फराज भने घरबाहिर रहेकाले उनी बाँचेको समाचारमा जनाइएको छ। 

प्रकाशित: २४ आश्विन २०७९ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App