८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

थाइल्याण्डमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ३५ जनाको मृत्यु

थाइल्यान्डको एक नर्सरीमा बिहीबार एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।  

आक्रमणपछि बन्दुकधारी पान्या खामराबले घर गएर श्रीमती र बच्चाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।  

बन्दूक, पेस्तोल र चक्कुसहित आएका खामराबले उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तको बालस्याहार केन्द्रमा स्थानीय समयअनुसार राति १२ः३० बजे गोली चलाएका थिए।

आक्रमण भएको प्रान्तका प्रहरी कर्णेल जक्कापत विजितराइथायाले एएफपीलाई दिएको जानकारीअनुसार बन्दुकधारीले २३ बालबालिकासहित ३५ जनाको हत्या गर्नुका साथै अन्य १२ जना घाइते भएका छन्।

३४ वर्षीय पूर्व प्रहरी लेफ्टिनेन्ट कर्नेललाई गत वर्ष लागूऔषधको प्रयोगगरेको आरोपमा बर्खास्त गरिएको विजितरायथैयाले बताए।  

स्थानीय पवीना पुरीचनका अनुसार मोटरसाइकल चढेर आफ्नो पसलतर्फ जाँदै गर्दा पान्यालाई अनियमित रुपमा गाडी चलाउँदै गरेको भेटिएको थियो।  

उनले एएफपीसँग भने, ‘आक्रमणकारीले बाटोमा अरूलाई ठक्कर दिने योजना बनाएको जस्तो देखिन्थ्यो।’

पावीनाका अनुसार आक्रमणकारी उक्त क्षेत्रमा लागूऔषध दुब्र्यसनीका रुपमा परिचित थिए।घटनापछिको भिडियो फुटेजमा बगैँचामा रहेको पहेँलो पर्खालले घेरिएको एकतले भवन नर्सरीबाहिरको आश्रयस्थलमा आमाबाबु रोइरहेको देखिएको छ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले राष्ट्रिय प्रहरी प्रमुखलाई ‘अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन’ निर्देशन दिएको बताएका छन्।

‘यो डरलाग्दो घटनाप्रति म मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्न चाहन्छु,।’ प्रयुतले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्।  

थाइल्याण्ड लामो समयदेखि लागूपदार्थको तस्करी र दुरुपयोगको लागि कुख्यात हटस्पट बनेको छ।

प्रकाशित: २० आश्विन २०७९ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App