१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडामा दिनदहाडै प्रहरी अधिकारी मारिए

फाइल तस्बिर

चक्कु प्रहारबाट दश जनाले ज्यान गुमाएका र १५ जना घाइते भएका घटना सेलाउन नपाउँदै क्यानडाको सबैभन्दा ठूलो शहर टोरोन्टोमा एक जना प्रहरी अधिकारीको गोली प्रहारबाट मारिएका छन्।

गोली प्रहार गरेको आरोपको एकजना सन्दिग्धलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा घाइते भएका अन्य दुईजनालाई अस्पताल भर्ना गरिएको छ। घाइतेको परिचय खुलाइएको छैन। सशस्त्र आक्रमणकारीबाट जोगिन प्रहरीले सर्वसाधारणलाई चेतावनीयुक्त सूचना जारी गरेको छ।

प्रहरीले आक्रमणकारीहरूको खोजी तथा  घटनाको अनुसन्धान गरिरहेको बताएको छ। 

प्रकाशित: २८ भाद्र २०७९ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App