७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चीनले ताइवान नजिकै दुई वटा मिसाइल प्रक्षेपण गर्‍यो

चीनका जनमुक्ति सेनाले ताइवान नजिकै दुई वटा मिसाइल प्रक्षेपण गरेको छ। ताइवानको टापु वरपरको समुन्द्र र आकाशमा प्रत्यक्ष मिसाइल  लगायत सैन्य अभ्यास सुरु गरेको चिनियाँ सरकारी टेलिभिजनले बिहीबार जनाएको छ।

रोयटर्सका अनुसार ६ स्थानमा फैलिएको यो अभ्यास अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि भएको हो। उक्त भ्रमणलाई बेइजिङद्वारा निन्दा गरिएको थियो, जसले ताइवानको स्वशासित टापुलाई आफ्नै भएको दाबी गर्ने गरेको छ।।

ताइवानको उत्तरी तटमा रहेका दुईवटा क्षेत्रमा चिनियाँ सेनाले सम्भावित रूपमा प्रमुख बन्दरगाह केलुङलाई बन्द गर्न सक्नेछ, जबकि ताइवानको पूर्वमा ह्वालियन र ताइडोङमा रहेको सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गर्न सकिने जनाएको छ।

काओशिउङको ढोका पनि चिनियाँ सेनाले दक्षिणपश्चिमी तटमा बन्द गर्न सक्ने बताएको छ। अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन्। ताइवानका शीर्ष नेताहरुसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी थिइन्। यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ।

यसैबीच चिनियाँ गतिविधिको नजिकबाट नियालिरहेको ताइवानले जनाएको छ। ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर आफूहरुले युद्ध नचाहेको जनाएको छ।

प्रकाशित: १९ श्रावण २०७९ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App