८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षेले बढाए सिङ्गापुर बस्ने म्याद

फाइल तस्बिर

श्रीलंकका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षेले सिङ्गापुरमा बस्ने समयावधि बढाएका छन्। उनले थप १४ दिन सिङ्गापुरमै बस्ने म्याद थप गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।  

श्रीलंकामा आन्दोलनकारीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय तथा निवास नै कब्जा गरिदिएपछि देश छाडेर भागेका राजापाक्षेले यसअघि पनि १४ दिन सिङ्गापुर बस्ने अनुमति लिएका थिए।  

उनलाई सिङ्गापुर सरकारले अतिथिको रुपमा आफ्नो देशभित्र बस्न अनुमति दिएको हो। त्यति बेला उनी माल्दीभ्सबाट सिङ्गापुर गएका थिए।  

श्रीलंकाका प्रवक्ता बन्दुला गुनावार्डेनाले भने पूर्व राष्ट्रपति राजापाक्षे चाडै नै स्वदेश फर्किने अपेक्षा गरिएको बताए।श्रीलंकाका सभामुख महिन्दा यापा अबेवार्डेनाले राजापाक्षेले राजीनामा दिएको घोषणा गत जुलाई १५ मा गरेका थिए। 

प्रकाशित: ११ श्रावण २०७९ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App