४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा राष्ट्रपतीय निर्वाचनको मतगणना सुरु

भारतमा राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना कार्य सुरु गरिएको छ। भारतमा यही जुलाई १८ मा १५औँ राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो।  

भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार बिहान ११ बजेदेखि संसद् भवनको ६३ नम्बर कोठामा मतगणना थालिएको छ।

राष्ट्रपतिको प्रतिस्पर्धामा सत्तारूढ गठबन्धन एनडीएबाट द्रौपदी मुर्मु र विपक्षी दल त्रिणामुल कांग्रेसबाट यशवंत सिन्हा रहेका छन्।  

सत्तारूढ गठबन्धन एनडीएबाट प्रतिस्पर्धामा रहेकी द्रौपदी मुर्मु विजयी हुने सम्भावना बलियो रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। उनी निर्वाचित भए देशको शीर्ष संवैधानिक पदमा पुग्ने पहिलो आदिवासी महिला हुने छिन्।

प्रकाशित: ५ श्रावण २०७९ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App