१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एघार हजार भन्दा बढी कोरोना संक्रमित थपिए

भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा ११ हजार ७३९ कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितको कुल सङ्ख्या चार करोड चार करोड ३३ लाख ८९ हजार ९७३ जना पुगेको छ।

हाल भारतमा ९२ हजार ५७६ सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितको यो सङ्ख्या कुल संक्रमितको ०.२० प्रतिशत हो।  

पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ७२ हजार ३९८ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ।

२४ घण्टासम्म कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको थियो। कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९९९ भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८० लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ। 

प्रकाशित: १२ असार २०७९ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App