८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति सेख खलिफाको निधन

संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सेख खलिफा बिन जायेद अल नाह्यानको ७३ वर्षमा निधन भएको छ। उनको निधन भएको सरकारी समाचार माध्यम डब्लुएएमले जनाएको हो। 

युएईको आधुनिकीकरण गरी क्षेत्रीय शक्ति राष्ट्रको रुपमा विकास गर्न सेख खलिफाको महत्वपूर्ण योगदान रहेको थियो। सन् २०१४ मा हृदयाघात भएपछि उनको राजकीय भूमिका आलंकारिक मात्र रहेको थियो। 

उनका भाइ तथा राजकुमार सेख मोहम्मद विन जायेदले राजनीतिक रुपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। आफ्ना पिताको निधनपछि सन् २००४ मा सेख खलिफा राष्ट्रपति नियुक्त भएका थिए। राष्ट्रपतिको नाताले उनले विश्वको सबैभन्दा ठूलो लगानी कोष आबुधावी इनभेस्ट अथोरिटीलाई नेतृत्व दिँदै आएका थिए।

प्रकाशित: ३१ वैशाख २०७९ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App