५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले गर्छन् आत्महत्या

विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ। भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक वर्ष ८ हजार मानिसले आत्महत्या गर्छन्।  

राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आत्महत्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ। आत्महत्या हरेक देशमा मुख्य स्वास्थ्य समस्या बनेको छ।

आत्महत्या नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संगठन (आइएएसपी) ले सर्वप्रथम सन् २००३ मा यो दिवस मनाएको थियो। प्राध्यापक इरविन रिंगेल र डा. नोरम्यान फ्यावरलोले सन् १९६० मा अस्ट्रियाको राजधानी भियनामा आइएएसपी स्थापना गरेका थिए। आत्महत्या रोक्न प्रतिबद्ध यस गैरसरकारी संगठनमा ७७ देशका विज्ञ र स्वयंमसेवक छन्।  

विश्वमा हरेक वर्ष  विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। ‘काममार्फत आशा सिर्जना’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ। आत्महत्या नियन्त्रणमा विश्वव्यापी प्रतिबद्धता जनाउनु दिवसको मुख्य उद्देश्य हो।

आत्महत्याबाट जोगिन मानसिक रुपमा स्वस्थ हुनुपर्ने र समुदाय तहमा काम चाल्नुपर्ने विज्ञहरु बताउँछन्।

प्रकाशित: २५ भाद्र २०७८ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App