१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माईन्

मालीकी एक महिलाले ९ बच्चालाई जन्म दिएकी छिन्। मालीको सरकारले हलिमा सिसेलाई बच्चा जन्म दिनका लागि मोरोक्को लगेका थिए। २५ वर्षीया यी महिला मार्च तीसमा मोराक्को पुगेकी थिईन्। उनी पश्चिम अफ्रिकन राज्यमा बस्दै आएकी छन्। यो राज्य गरिबीको दायरामा पर्दछ जहाँ विभिन्न किसिमका अभावहरु रहेको छ।  

उनको गर्भमा सात बच्चा देखाएपछि उनको र बच्चाको स्वास्थ्यका निम्ति उनलाई सरकारले नै मारोक्को पठाएका हो। उनले मंगलबार ९ जना बच्चालाई जन्माईन जुन दुलर्भ हो। उनले पाँच वटा छोरी ४ वटा छोरालाई जन्माएकी हुन्। मोरोक्को स्वास्थ्य मन्त्रलायका प्रबक्ता रचिड कौधारीका अनुसार उनको देशमा अहिलेसम्म ९ बच्चा एकै महिलाले जन्माएको यो केस पहिलो हो।  

मालीका स्वास्थ्य मन्त्री फ्यान्टा सिबीले एपिएफलाई बताए अनुसार आमा र बच्चा सुरक्षित रहेका छन्। माली र मोरोक्कोमा ती महिलाको अल्ट्रासाउन्ड गर्दा ७ बच्चा मात्र रहेको देखिएकाके थियो र उनले ९ बच्चालाई जन्मदिदा सबै चकित परेका छन्।  

स्थानिय सञ्चार माध्यमका अनुसार चिकित्सहरु आमाको स्वास्थप्रति र ती बच्चाहरुको जीवन प्रति चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्य मंत्री फ्यान्टा सिबीले माली र मोरोक्कोका स्वास्थ्य सेबालाई बधाई दिएकी छिन्।  

प्रकाशित: २२ वैशाख २०७८ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App