२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

३२ वर्षपछि रबिनसन क्रुसोले बुडेली छोड्दै

इटालीको बुडेलीमा घुम्न आएका मौरो मोरांडी कहिले फर्केनन् । ३२ वर्षदेखि बुडेलीमा बस्दै आएको उनी रबिनसन क्रुसो भनेर चिनिन्छन् । उनलाई यो स्थानको बारेमा थाहा समेत थिएन तर यहाँ आए पश्चात उनले नायाँ जीवन सिर्जना गरे । उनी यस टापुका संरक्षक हुन् ।  

एनको जीवनले यहाँ आएपछि एक नयाँ मोड लियो । उनी कोही संग भेट्न र बोल्न चाहदैन थिए । उनलाई सुनशान ठाउँ नै सुन्दर लाग्न थाल्यो । उनी आफू त्यस टापुमा मौकाले आईपुगेको आफ्नो अन्तर्वार्ता भिडियोमा उल्लेख गरेका छन् ।  

एनले आफू धेरै पुस्तक पढ्ने बताए । उनको साथी नै ती पुस्तक रहेको बताए । जाडो र गर्मीमा उनी कहिले पनि विरामी परेनन् । उनलाई चिसो समेत लागेन । उनले आफ्नो जीवनको धेरै समय त्यहाँ रहेका रुखविरुवा तथा जनावरसंग बिताए । उनले पिंक टापुलाई देखाउँदै यो शुद्ध रहेको पनि बताएका छन् ।  

अब भने उनले आफ्नो स्वर्गबाट विदा लिनु पर्ने समय आएको छ । टापु कसैको निजी सम्पति नरहेको र  यस कारण उनलाई अब त्यहा बस्न पाउन कुनै पनि अधिकार नरहेको फोनेशुले बताए । उनको कुनै पनि खेद्ने नियत नरहेको पनि बताए ।  

ला माडालिना नेशनल पार्कले बुडेलीको स्वामित्व लिए पश्चात उनी प्रतिको यस्तो निर्णय लिईएको हो ।

उनले सिएनएनलाई बताए अनुसार उनी यस स्थानमा बस्नका निम्ति जे गर्न पनि तयार रहेको बताए । उनले आफूले यति लामो समयपछि यो टापु छोड्न लागेको आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।  

उनी त्यहाँ पुग्नु अगाडी शिक्षक रहेका थिए । उनले विभिन्न रुपमा टापुको संरक्षक गर्ने गरेका छन् । त्यहाँ भएका फोहोरहरु सफा गर्ने, रुख विरुको रेखदेख गर्ने जस्ता कार्यहरु गरेर आफनो दैनिकी बिताउँछन् । उनको घरमा बिजुली नभएको बेला आफै सोलार पेनलको समेत निमार्ण गरेको भने । उनले कुनै पनि सामान खेरा जान नदिने पनि बताए । उनको त्यो सानो घर नै उनको संसार रहेको र त्यही बस्न चाहाने पनि बताएका छन् ।

प्रकाशित: १८ वैशाख २०७८ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App