२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एकै दिनमा ५३ हजार भन्दा बढी कोरोना संक्रमित

भारतमा ५३ हजार ४ सय ७६ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ सय ५१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ६ सय ९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ।

सोही अवधीमा यहाँँ कूल सङ्क्रमितमध्ये तीन लाख ९५ हजार १ सय ९२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ३१ हजार ६ सय ५० जना सङ्क्रमणमुक्त भएका छन्।

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म पाँच करोड ३० भन्दा बढीले खोप लगाइसकेका छन्।  त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ।

परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ७५ लाख ३ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ। बुधबार एकै दिनमा १० लाख ६५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ।

प्रकाशित: १२ चैत्र २०७७ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App