१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा सङ्कटकाल एक महिना थप्ने तयारी

जापानमा लागू गरिएको संकटकाल फेरि एक महिना लम्ब्याउने तयारी भएको छ।

कोरोना भाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो। महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरि लम्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन्।

राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ।

जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गरेका थिए।

संकटकालको अवधि लम्ब्याउने अन्तिम घोषणा गर्नु अघि प्रधानमन्त्री सुगाले सरोकारवाला तथा विज्ञहरूसँग छलफल गर्ने भएका छन्। उनले मंगलबार उनीहरूसँग छलफल गरेर मात्रै संकटकालको अवधि लम्व्याउने निर्णय गर्ने अधिकारीहरूले जनाएका छन्।

अहिले लागू गरिएको संकटलकाल आगामी फेब्रुअरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने निर्णय गर्नु पर्ने भएको हो।  

जापानमा सोमबार मात्रै थप एक हजार ७९२ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या तीन लाख ९२ हजार ४७५ पुगेको छ।

त्यसैगरी जापानमा कोरोनाका कारण अहिलेसम्म पाँच हजार ८४६ जनाको मृत्यु भएको सोमबार बेलुकासम्मको तथ्याङ्क छ।

प्रकाशित: २० माघ २०७७ ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App