१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा सात दशकपछि महिलालाई मृत्युदण्ड दिँइदै

अमेरिकामा एक महिलालाई पहिलो पटक ६७ वर्षपछि मृत्युदण्डको सजाय दिँइदैछ। अमेरिकाको सर्वोच्च अदालतले उक्त महिलाको मृत्युदण्ड सुनाउन प्रतिबन्ध लगाएको याचिका खारेज गर्दै मृत्युदण्डको फैसला सुनाएको हो। अमेरिकी सरकारले लिसा मोन्टगोमेरी नाम गरेकी महिलालाई मृत्युदण्ड दिने तयारी गरिसकेको छ।

लिसा मोन्टगोमेरीलाई अमेरिकाको मिसौरीमा बस्ने गर्भवती महिलाको हत्या गरेपछि उनको गर्भबाट बच्चा निकालेको आरोप लागेको थियो। अमेरिकामा करीव सात दशक (७० वर्ष) पछि महिलालाई मृत्युदण्डको सजाए सुनाईएको हो। दोषी लिसा मोन्टगोमेरीलाई इन्डियानास्थित केन्द्रीय कारागारमा मृत्युदण्ड दिइनेछ। 

निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा नै लिसा मोन्टगोमेरीलाई मृत्युदण्डको सजाय सुनाइएको हो। यद्यपी अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेन भने मृत्युदण्डको विपक्षमा छन्। अमेरिकाका एक संघीय न्यायाधीशले न्याय विभागमा महिलाको सजायको मिति अवैध रूपमा विस्तार गरेको आरोप लगाएका छन्।

प्रकाशित: २९ पुस २०७७ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App