८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कंगोमा नयाँ वर्ष मनाइरहेको ठाउँमा हमला गरी २५ जनाको हत्या

लोकतान्त्रिक गणतन्त्र कंगोमा नयाँ वर्ष सन् २०२१ मनाउन जमघट भइरहेका बेला आक्रमण गरी २५ जनाको हत्या गरिएकाे छ।  

देशको पूर्वी क्षेत्रस्थित तिङवेमा नयाँ वर्ष मनाइरहेका सर्वसाधारणलाई एडीएफ नामको लडाकु समूहले हमला गरी मारेको कंगोका सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका हुन्। तर घटनाको जिम्मेवारी कसैले लिएको छैन।

एक जना स्थानीय अधिकारकर्मीले भने, ‘नयाँ वर्ष मनाइरहेका मानिसलाई एडीएफ नामक लडाकु समूहले एक–एक गरी हत्या गरेकाे हाे।’

कंगोमा सन् १९९० को दसकदेखि युगान्डा मुस्लिम विद्रोही समूह क्रियाशील छ। जसको लडाइँका क्रममा अहिलेसम्म सयौं मानिसको मृत्यु भइसकेको छ। 

प्रकाशित: १८ पुस २०७७ १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App