८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महायज्ञ गरेर तिरुपति मन्दीरको शुद्धिकरण

तिरुपति मन्दीरको प्रसादमा जनावरको बोसो भेटिएपछि मन्दीरको शुद्धिकरण गरिएको छ। भगवानको प्रसादमा जनावरको बोसोले मन्दीर नै अशुद्ध भएको भन्दै सोमवार महायज्ञ गरेर शुद्धिकरण गरिएको हो।

भारत आन्ध्र प्रदेशको विश्व प्रसिद्ध वेङ्कटेश्वर स्वामी मन्दीर (तिरुपति मन्दीर) को शुद्धिका लागि बिहान ६ बजेदेखि १० बजेसम्म महायज्ञ गरिएको थियो। जसमा मन्दीर बोर्डका अधिकारी र २० पुजारी सहभागी थिए।

शुद्धिकरण पछि मन्दीरका पुजारीले भगवानको आशिर्वाद लिँदै मन्दीर शुद्धिकरण गरेको हुँदा अब प्रसाद लिएर घर जान सकिने बताएका थिए।

गत सेप्टेम्बर ११ मा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले आरोप लगाउँदै मन्दीरको प्रसाद लड्डुमा जनावरको बोसो पाइएको बताएका थिए। जसको जाँचका लागि समिति गठन भएको छ।  

प्रकाशित: ८ आश्विन २०८१ ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App