ब्राजिलको पुरुस नदीको किनारमा एकसाथ ९२ हजारभन्दा बढी कछुवा निस्किएका छन्। यसको भिडियो वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीमा सार्वजनिक गरिएको छ।
सोसाइटीका अनुसार यो दुर्लभ घटना हो, किनकि विश्वका थोरै ठाउँमा मात्र यस्तो हुन्छ। तिनीहरूलाई आम भाषामा ‘साउथ अमेरिकन रिभर टर्टल्स’ (दक्षिण अमेरिकी नदी कछुवा) भनिन्छ।
तस्करीका कारण यसको संख्या घट्यो
मासु र अन्डाका लागि तस्करी गरिएका कारण उक्त कछुवाको संख्या घटेको हो। ब्राजिल वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीका अनुसार संरक्षित क्षेत्रमा ठूलो मात्रामा कछुवा पैदा हुनु ठूलो कुरा हो। यस क्षेत्रमा सर्वसाधारणलाई जान निषेध छ। सोसाइटीका सदस्यले कछुवाको हेरचाह गर्छन्। लोपोन्मुख प्रजाति बचाउन सोसाइटीले संरक्षण गरिरहेको हो।
धेरै दिनदेखि कछुवाको झुन्ड
वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीका अनुसार हरेक वर्ष उक्त क्षेत्रमा दक्षिण अमेरिकी नदी कछुवाहरू प्रजननका लागि आउँछन्। अन्डाबाट बाहिर निस्किन यिनीहरूलाई महिनौं लाग्छ। निस्केपछि उनीहरू बालुवाबाट नदीतर्फ लाग्छन्। यो प्रक्रिया कैयौं दिन चल्छ। हरेक दिन हजारौंको संख्यामा कछुवा निस्केर झुन्डको रूप लिन्छन्।
हेर्नुहाेस्, भिडियाे-
प्रकाशित: १ पुस २०७७ ०९:४८ बुधबार