९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाइडेनद्वारा ह्वाइट हाउसको संचार टोलीमा सबै जना महिला नियुक्त गर्ने घोषणा

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गरेका छन् ।  

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ताकाे जिम्मेवारी सम्हालेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।

बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताएका छन् । 'उनीहरु सबै योग्य, अनुभवी संचार विज्ञ रहकाे बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताएकी छन् ।

बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछिन् । उनले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा भूमिका निर्वाह गर्ने बताइएकाे छ । बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गरिसकेकी छन् ।

उनले ह्वाइट हाउसको संचार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गरेकाेमा बाइडेन र ह्यारिस दुबैलाई धन्यवाद दिएकी छन् ।
रासस

प्रकाशित: १५ मंसिर २०७७ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App