१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोगादिशु विमानस्थलमा आक्रमण, छ जनाको हत्या

सोमालियाको राजधानी शहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ । सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । आत्मघाती हमलाकारीले गरेको हमलामा परी ती नागरिकको ज्यान गएको हो । विमानस्थलको सुरक्षापोष्टमा नभएर आक्रमण यहाँको एक लोकप्रिय आइसक्रिम पसलनजिकै भएको बताइएको छ। 

सो आक्रमणमा परी अरु पनि केही नागरिक घाइते भएका छन् । सो आक्रमण यहाँका केही उच्च सुरक्षा अधिकारीलाई लक्ष्य गरेर गराइएको प्रहरीले जनाएको छ । सो आत्मघाती आक्रमण कसले र किन गराएको भन्ने बारेमा केही खुलेको छैन । अधिकारीहरुले यस अक्रमणको पछाडिको कारणको बारेमा खोजी गरिरहेको बताएका छन् ।

सोमालिया सन् १९९० को दशकदेखि हिंसाको शिकार भएको छ । त्यहाँ हरेक महिनाजसो हिंसा भएर कैयौँ नागरिकको ज्यान जाने गरेको छ ।

प्रकाशित: १३ मंसिर २०७७ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App