१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाइडेनले पाए अमेरिकाको इतिहासमै सबैभन्दा बढी मत

जो बाइडेन

अहिले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेका जो बाइडेनले अमेरिकाको इतिहासमै सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गर्न सफल भएका छन्।

जारी मत गणनामा उनले यसअघि सन् २००८ मा आफ्नै पार्टीका बाराक ओबामाले पाएको मतभन्दा बढी पाएका हुन्।  

त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत ल्याएका थिए भने जो बाइडेनले अहिलेसम्मको नजिताअनुसार ७ करोड २० लाख (५०.४ प्रतिशत) भन्दा बढी मत प्राप्त गरिसकेका छन्।  केही राज्यमा मत गणना जारी नै रहेकाले उनले अझै मत प्राप्त गर्ने सम्भावना छ।

बिहीबार बिहानसम्म ट्रम्पले ६ करोड ८५ लाख (४७.९ प्रतिशत) भन्दा बढी मत प्राप्त गरेका छन्। अन्तिम नतिजा आउने बेलासम्म ट्रम्पले पनि ओबामाले प्राप्त गरेको भन्दा बढी मत पाउन सक्ने देखिएको छ।

तर लोकप्रिय मत बढी पाउँदैमा त्यहाँ राष्ट्रपतिमा निर्वाचित हुन सकिन्न।  

त्यसका लागि २७० इलेक्टोरल मत ल्याउनुपर्छ। 

अहिलेसम्मको नतिजाअनुसार बाइडेनले २६४ इलेक्टोरल मत ल्याएका छन् भने ट्रम्पले भने २१४ इलेक्टोरल भोट प्राप्त गरेका छन्।  

अब ६ इलेक्टोरल भोट ल्याए बाइडेनको जित सुनिश्चित हुने देखिएको छ।  

प्रकाशित: २० कार्तिक २०७७ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App