१३ मंसिर २०७७ शनिबार
अन्तर्राष्ट्रिय

क्याथी प्यासिफिकद्वारा ८ हजार ५०० रोजगारी कटौती

हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५०० रोजगारी कटौती गर्न लागिएको जनाएको छ।  

कोरोना भाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन्।

रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरु मध्ये पाँच हजार तीन सय जना हङ्कङमै रहेर काम गर्नेहरु परेका छन्। त्यस बाहेक अरु छ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाई छ। अरु दुई हजार छ सय पद भने पहिलेदेखि नै खाली रहेको थियो।

कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। रासस

प्रकाशित: ५ कार्तिक २०७७ १८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App