१२ कार्तिक २०७७ बुधबार
अन्तर्राष्ट्रिय

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा थप एक जनाको मृत्यु, शनिबार राष्ट्रिय शोक घोषणा

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ। सैन्य प्रशिक्षणका लागि उडानमा रहेका र विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको सम्झनामा शनिबार राष्ट्रिय शोकको घोषणा गरिएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा हस्ताक्षरित एक शोक विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार २७ जनासहित उडेको विमान दुर्घटना हुँदा यस पहिले २५ जनाको मृत्यु भइसकेको युक्रेनीका सैनिक अधिकारीहरुले जानकारी गराएका छन्। थप एक व्यक्ति पनि दुर्घटनामा गम्भीर घाइते भएको उल्लेख गरिएको छ ।

राजधानी किभ क्षेत्रमा भएको विमान दुर्घटनामा परेका प्रायः सबै व्यक्ति सैनिक रहेको पनि सेनाले बताएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भइसकेको सरकारले बताएको छ।

युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनामा परेको बताएका छन्। किभका स्थानीय पत्रिकाहरुले यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै सो समाचार दिएका हुन्। रक्षा मन्त्रालयले विमान इन्जिन फेल भएको कारण दुर्घटनामा परेको तर यो प्रारम्भिक रिपोर्ट भएको जनाएको छ। 

प्रकाशित: १० आश्विन २०७७ २०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App