coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यसकारण दिइन् हरमिमरतले मोदी क्याविनेटबाट राजीनामा

केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले नरेन्द्र मोदी क्याविनेटबाट राजीनामा दिएकी छन्। उनले आफ्नो पार्टी शिरोमणि अकाली दलबारे पनि कडा टिप्पणी गरेकी छन्। शिरोमणि अकाली दल लामो समयदेखि बीजेपीको सहयोगि पार्टीको रुपमा रहेको छ।

सरकारले ल्याएको तीनवटा अध्यादेशमा उनी असन्तुष्ट रहेकी थिइन्। सरकारले उत्पादन र वाणिज्य (सम्वर्धन र सुविधा) अध्यादेश, किसाना शसक्तिकरण र संरक्षण र आवश्यक वस्तु (संशोधन) अध्यादेश ल्याएको थियो। यि अध्यादेशका लागि आफ्नो पार्टीसँग छलफल नभएको अकाली दलका प्रमुख सुखबीर सिंहले बताएका छन्। मन्त्री हरसिमरतले ति अध्यादेशबारे असहमति जनाएकी थिइन्। पंजाब र हरियाणाका किसान यो अध्यादेशबाट खुशी नभएको उनले बताएकी छन्।

हरसिमरतले ट्वीट गर्दै भनेकी छन्, ‘किसान विरोधी अध्यादेशका कारओ मैले मन्त्री पदबाट राजीनामा दिएकी छु। किसानकी छोरी र बहिनी भएर उनीहरुसँग उभिन पाउँदा गर्व महसुश गर्छु।’

 

 

प्रकाशित: २ आश्विन २०७७ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App