१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शुक्र ग्रहमा जीव हुनसक्ने संकेत

शुक्र ग्रहको वायुमण्डलमा ग्याँस पाइएपछि त्यहाँ जीवन हुनसक्ने संकेत प्राप्त भएको छ। खगोल शास्त्रीहरुले त्यहाँ पाइएको ग्याँसमा सुक्ष्म जीव हुनसक्ने अनुमान गरेका छन्।

शुक्रमा फस्फीन ग्यास पाइएको हो। उक्त ग्याँस फस्फोरस र हाइड्रोजनका कण मिलेर बन्ने गर्छ।  पृथ्वीमा फस्फीनको सम्वन्ध जीवनसँग रहेको छ। पेनगुइन जस्ता जनावरको पेटमा पाइने सुक्ष्म जीवसँग समेत सम्वन्धित छ। कम अक्सिजन हुने दलदलमा समेत यो पाउने गरिन्छ।  

यो ग्याँस शुक्रमा पाइएपछि वैज्ञानिकहरुले त्यहाँ के छ भन्नेबारे अनुसन्धान सुरु गरेका छन्। ग्रहको सतहको ५० किमी माथी ग्याँस पाइएको हो।

 

 

प्रकाशित: ३० भाद्र २०७७ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App