१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पोर्चुगलको जंगलमा भिषण अगलागी

एक हजार अग्निनियन्त्रक खटाइए

मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भिषण आगलागी शुरु भएको छ । आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् ।

राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको छ ।  

स्थानीय अग्निनियन्त्रक कमान्डर लुइस बेलो कोस्टाले जंगलको आगो झण्डै ५५ किलोभर क्षेत्रमा फैलिएको जानकारी दिए। सुख्खा मौसम र जंगलभित्रका साना बुट्यान सुकेकाले पनि आगो नियन्त्रण बाहिर पुगेको छ ।  

पोर्चुगलमा हरेक वर्ष ठूलो वन डढेलो लाग्ने गर्दछ । कमजोर वन व्यवस्थापन आगलागीको मुख्य कारण रहेको बताइएको छ । तीन वर्षअघिको वन डढेलोमा परेर १०६ जनाको ज्यान गएको थियो । 

प्रकाशित: ३० भाद्र २०७७ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App