coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतका पूर्वमन्त्री सिंहको निधन, भर्खरै कोरोना मुक्त भएका थिए

भारतका पूर्वकेन्द्रीय मन्त्री तथा जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ। उनको दिल्लीको एम्स अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो।

दुई दिन पहिला उनले लालु प्रसाद यादवको चिठ्ठी लेखेर पार्टीबाट राजीनामा दिएका थिए। यसको जवीमा लालु यादवले पनि पत्र पठाउँदै भनेका थिए, ‘रघुवंश बाबु आरजेडीबाट बाहिर हुनेछैनन्।’  

उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। जूनमा उनी कोरोना संक्रमित भएका थिए। उपचारपछि उनी कोरोनाबाट मुक्त भएका थिए तर सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या आएको थियो।

उनको मृत्युमा लालुले एक ट्वीट गर्दै भनेका छन्, ‘रघुवंश बाबु! यो तपाईले के गर्नु भयो? मैले पहिले पनि भनेको थिए तपाई कहिँ जानु हुनेछैन। तर यति धेरै टाढा जानु भयो। नि:शब्द छु। दु:खी छु, धेरै याद आउने छ। ’

 

प्रकाशित: २८ भाद्र २०७७ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App