coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना महामारीसँगै उत्तर कोरियामा बिहीबार ठूलो आँधी आउने चेतावनी

उत्तर कोरियाका नेता किम जोङ अनले कोरोना भाइरस र आँधीविरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन् । 

तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कम सहभागी हुने नेता अनले देशमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रूप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन् ।  

उनले बिहीबार देशमा आँधी आउने पूर्वानुमानसमेत गरिएको जानकारी पनि मंगलबार दिएका थिए । सत्तारूढ दल वर्कर्स पार्टीको बैठकमा उनले अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए ।  

दुवैका विरुद्धमा सरकारले पनि आफ्ना तर्फबाट तयारी  गरिरहेको उनले बताएको उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले बुधबार समाचार सम्प्रेषण गरेको छ ।  

उनले आँधीका कारण हुने क्षति न्यूनीकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयास गर्न पनि आग्रह गरेका छन् ।  

अत्यधिक वर्षा र बाढीका कारण ठूलो क्षति भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षति हुनेगरी आँधी आउन लागेको हो । दुवै घटनाले देशको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्ने पनि नेता किमले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ ।  

कोरोना र आँधीसँग जुध्न सबै तह र क्षेत्रमा पार्टी र सरकारका तर्फबाट विभिन्न संयन्त्र बनाउन पनि उनले निर्देशन दिएका छन् ।  एपी

प्रकाशित: १० भाद्र २०७७ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App