१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जी एक हप्तादेखि अचेत

फाइल तस्बिर : प्रणव मुखर्जी

अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर छ । हप्ता दिनभन्दा बढी समयदेखि अचेत अवस्थामा रहेका उनको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले जनाएको छ ।  

अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ वर्षीय नेता मुखर्जीको अधिकांश संकेत स्थिर छन् । श्वाप्रश्वासमा समस्या भएपछि उनलाई यही अगस्ट १० तारिख दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पताल भर्ना गरिएको हो ।  

पूर्वराष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । दिमागमा समेत असर परेकाले अहिले पनि उनी अचेत अवस्थामै रहेको चिकित्सकले बताएका छन् ।  

उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

‘श्री प्रणव मुखर्जीको अवस्था अहिले पनि उस्तै छ, पहिलेजस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,’ अस्पतालद्वारा जारी वक्तव्यमा लेखिएको छ । श्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरको सहयोगमा उनलाई श्वासप्रश्वास गराइरहेको अस्पतालले जनाएको छ । नेता प्रणव मुखर्जीले भारतको १३औं  राष्ट्रपतिका रूपमा सन् २०१२ देखि २०१७ सम्म राष्ट्रको नेतृत्व गरेका थिए ।  पिटिआई

प्रकाशित: ६ भाद्र २०७७ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App