७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतमा भयावह कोरोना : एकैदिन थपिए ६२ हजार संक्रमित, हजारको मृत्यु

फाइल तस्बिर

भारतमा एक दिनमै ६२ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् भने हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।  

बिबिसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै यस अवधिमा कोरोना संक्रमणबाट एक हजार ७ जनाको मृत्यु भएको हो ।  

सबै गरेर अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ भने मृत्यु हुनेको संख्या ४४ हजार ३८६ पुगेको छ । 

प्रकाशित: २६ श्रावण २०७७ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App