१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट संक्रमित

बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

'परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोना भाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा संक्रमण भएको पुष्टि भएको हो,' बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले शुक्रबार भने ।  

बङ्लादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ती मध्ये तीन हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित: २३ श्रावण २०७७ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App