३ मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यानमारमा पहिरोमा पुरिएकामध्ये ११३ को शव भेटियो, अझै केही व्यक्ति हराइरहेको आशंका

हराइरहेका व्यक्तिकाे खाेजी गरिँदै। तस्बिर : बिबिसी

उत्तरी म्यानमारस्थित रत्न खानीमा पहिरो जाँदा पुरिएकामध्ये अहिलेसम्म ११३ जनाको शव फेला परेको त्यहाँका अधिकारीले बताएका छन्।  

अझै केही मानिस हराइरहेको आशंकामा खोजी भइरहेको बिबिसीले लेखेको छ।  

खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका उनीहरू ठूलो वर्षापछि खसेको पहिरोमा पुरिएको आपतकालीन उद्धार गर्न निकायले जानकारी दिएको छ।  

म्यानमारलाई बहुमूल्य रन्त जेडको प्रमुख खानी मानिन्छ। म्यानमारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढीको यसको कारोबार गर्छ। त्यही खोज्न जाने क्रममा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्।  

प्रकाशित: १८ असार २०७७ ०८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App