१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार

इन्डोनेसियाको बालीमा कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार गरिएको इन्डोनेसियाली अधिकारीले बताएका छन्। 

उनान्तीस वर्षीय याकोब रोवट्र्सलाई चार मिटर गहिरो इनारका लागि खनिएको खाल्डोमा फसेको अवस्थामा एक एथानीय किसानले देखेपछि उद्धारका लागि गाउँलेलाई खबर गरेका थिए।

गाईलाई घाँस दिन जाँदा एक विदेशीले सहयोगका लागि याचना गरेको सुनेका किसानले गाउँले र प्रहरीलाई घटनाबारे जानकारी गराएपछि रोवट्र्सको उद्धारका गर्न उद्धार टोली त्यहाँ पुगेको उद्धार टोलीका प्रमुख गेडे दर्मादाले बताए।

भाग्ने क्रममा खाली इनारमा खस्दा रोबट्र्सको खुट्टा भाँचिएको बताइएको छ। रोबट्र्सले इन्डोनेसियाली अधिकारीसँग गाउँबाट आएको एउटा कुकुरले धपाएपछि कुकुरलाई छलेर भाग्ने क्रममा इनारमा खसेको बताएका छन्।

साउथ कुटाको प्रहरी प्रमुख युसाक अगस्टिनस सुआईले बेलायती नागरिकको उद्धारपछिको भने “शनिबार इनारबाट निकाल्दा रोबट्र्स निकै थकित, दुब्लो र घाइते देखिएका छन्,” 

रोबट्र्सलाई उद्धारपछि  उपचारका  लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले बताएको छ।

प्रकाशित: २५ जेष्ठ २०७७ १६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App