८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनचित्र सार्वजनिक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ ।  उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।  

उनले भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालको पहिलो बर्ष पुरा गरेको दिन पारेर पूर्व प्रधानन्यायाधीश के जी बालकृष्णन् मार्फत् यो पुस्तक सार्वजनिक गरिएको हो ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिने डर भएपछि भारतमा देशभरी लकडाउन लागु गरिएकाले अनलाईन मार्फत् सार्वजनिकीकरण कार्यक्रम गरिएको थियो ।  

पुस्तकमा मोटो गाता र इ—बुक गरी दुई स्वरुपमा उपलब्ध छ भने २० ओटा भाषामा बनाइएको छ । तीमध्ये दश ओटा विदेशी भाषा र दश ओटा भारत भित्रका भाषा रहेका छन् ।

लेखकले दिएको जानकारी अनुसार पुस्तक प्रकाशित भएको हो। पुस्तक विदेशी दश भाषामा अंग्रेजी, अरबी, डच, फ्रान्सेली, इटालेली, जापानी, मन्डारिन, रुसी र स्पेनी रहेका छन् ।  

त्यसैगरी भारत भित्रका हिन्दी, आसामी, बंगाली, गुजराती, कन्नाडा, मराठी, पञ्जावी, तमिल, तेलगु र उर्दु भाषामा पनि सो पुस्तक बनाइएको छ ।  

कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताउएका छन् ।  

कोरोनाभाइरसलाई पराजित गर्न पनि योगाभ्यासको आवश्यकता रहेको उनले आइतबार बताए।

योगाभ्यासले शारीरको क्षमता बढाउने र क्षमता बढाएमा कोरोनाभाइरसलाई जित्न सकिने भएकाले कोरोना संकटका बेलामा योगाभ्यास अझ उपयोगी र आवश्यक रहेको उनको भनाई छ ।  

मासिक रेडियो कार्यक्रम “मन की बात”मा बोल्ने क्रममा प्रधानमन्त्री मोदीले योगाभ्यास र आयुर्वेदलाई विश्वभरका नेताहरुले चासो राख्ने गरेको उल्लेख गरे ।

“मैले विश्व नेताहरुसँग कुराकानी गर्नेक्रममा योगाभ्यास र आयुर्वेदले कोरोनाभाइरस विरुद्धको उपचारका लागि सहयोग गर्न सक्ने बारेमा चासो राख्ने गरेको  छु,” उनले भने ।  

अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री मोदीले योगको महत्व र उपयोगिताका बारेमा चर्चा गरेका हुन् । हरेक वर्षको जुन २१ तारिखका दिन विश्वभरी अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।

प्रकाशित: १८ जेष्ठ २०७७ १४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App