१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किम जिवीतै: सोल

साेल - उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् । 

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त उनको निधन भएको भन्नेजस्ता समाचार नै सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले सो कुरा स्पष्ट गरेका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमबार सो जानकारी दिएका हुन । उनले भने, हाम्रो सरकारको सूचना बलियो छ, उनी स्वस्थ्य  र जिवीतै छन् । 

उनले अमेरिकी टेलिभिजन सिएनएनसँगको अन्तर्वार्ताका क्रममा सो जानकारी गराएका हुन। उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको जानकरी उनेले सो टिभीलाई बताए ।

यही अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उनको उपस्थिति नदेखेपछि विभिन्न देशका मिडिया तथा व्यक्तिले केहीले उनी गम्भीर विरामी रहेको त केहीले उनको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।  

त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिनको अवसरमा उत्तर कोरियामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । किम इल सुङ उत्तर कोरियाका संस्थापक थिए।

गएको सोमबार दक्षिण कोरियाकै एक दैनिक पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो । 

पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको उल्लेख गरेको थियो। तर पनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था र उनी कहाँ छन भन्ने बारे केही जानकारी दिएको छैन । किम केही समयदेखि सार्वजनिक रुपमा कार्यक्रमहरुमा देखिएका छैनन् ।

अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो । तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुराको सोही समयमा खण्डन गरेका थिए । रासस

प्रकाशित: १५ वैशाख २०७७ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App