९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरसको असरसँग जुध्न युएईद्वारा नयाँ आर्थिक प्याकेजको घोषणा

एएफपी – युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोना भाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ। तेलको धनी राष्ट्र युएईको केन्द्रीय बैंकले गत महिना ३५ अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको थियो। 

बैंकले अघि सारेको पछिल्लो प्याकेजमा खासगरी बैंकहरुले सामना गर्नु परेका वित्तीय र तरलता अभावलाई सम्बोधन गरिएको छ। नयाँ कदममा डिमान्ड डिपोजिटमा यसअघि बैंकहरुले राख्नुपर्ने सुरक्षणलाई १५ प्रतिशतबाट ७ प्रतिशतमा झारिएको छ जसबाट ग्राहकले बाँकी रकम बैंकबाट झिक्न पाउने छन्। यसबाट बैंकहरुसँग करिब १७ अर्ब डलर तरलता उपलब्ध हुनेछ। 

युएईमा हालसम्म एक हजार ५०५ जना कोरोना भाइरसबाट संक्रमित व्यक्ति छन् भने १० जनाको मृत्यु भएको छ। युएईमा हाल यात्रामा प्रतिबन्ध लगाउनुका साथै सपिङ मल र मनोरञ्जनका स्थलहरु बन्द गरिएका छन्। गत शनिबार रातिदेखि नै दुबईमा दुई साता लामो लकडाउन घोषणा गरिएको छ। सरकारले दुबईमा व्यापक स्वास्थ्य परीक्षण अभियान चलाउने निर्णय पनि गरेको छ। एएफपी 

प्रकाशित: २३ चैत्र २०७६ ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App