६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काश्मिरमा सवारी दुर्घटनामा ९ को मृत्यु

नयाँ दिल्ली (सिन्ह्वा) – भारत नियन्त्रित काश्मिरमा बस दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ। दुर्घटनामा पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

काश्मिरको कथौ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका बस भिरबाट खोंचमा खसेको थियो। प्रहरीका अनुसार उक्त बसमा १४ यात्रु सवार थिए । उक्त बस तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका छन्। चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको बताइएको छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App