९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सपथपछि केजरीवालले भने, ‘चुनावमा जसलाई भोट गरे पनि म सबैकाे मुख्यमन्त्री हुँ’

नयाँ दिल्ली - तेस्रो पटक नयाँ दिल्लीको मुख्यमन्त्री बनेका अरविन्द केजरीवालले पद तथा गोपनीयताको सपथ लिएका छन्। कंग्रेस नेता शीला दीक्षितपछि तेस्रो पटक मुख्यमन्त्रकिो सथ लिने उनी दोस्रो व्यक्ति हुन्। उनीसँगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन तथा राजेन्द्र पाल गौतमले पनि मन्त्री पदको सपथ दिएका छन्।

सपथपछि केजरीवालले भने, ‘यो मेरो जीत होइन तपाइहरको नै जित हो। हरेक आमा दिदी, बहिनीको जित हो। पछिल्लो पाँच वर्षमा हामीले रहेकको जीन्दगीमा खुसी ल्याउने कोशिस ग-यौं। अबको पाँच वर्ष पनि सोही प्रयास जारी राख्नेछौं। चुनावमा तपाइ कति भाजपा र कंग्रेसलाई भोट गर्नुभयो होला। तर आजबाट म तपाई सबैको मुख्यमन्त्री हुँ।’

पाँच वर्षमा कसैलाई पनि सौतेनी व्यवहार नगर्ने प्रतिवद्धता समेत उनले जनाए। चुनाव सकियो। अब २ करोड जनता मेरै परिवारका सदस्य हुनुहुन्छ। चुनावमा विरोधीहरुले जे भने मैले सबैलाई माफ गरिदिएँ। केन्द्रसँग मिलेर काम गर्नेछौं।’ उनले अगाडि भने।

प्रकाशित: ४ फाल्गुन २०७६ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App