११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तुर्कमेनिस्तानका राष्ट्रपतिद्वारा छोरालाई शक्तिशाली मन्त्रालय

अस्गाबाट, तुर्कमेनिस्तान- ग्यासको धनी राष्ट्र तुर्कमेनिस्तानका वर्तमान राष्ट्रपतिले आफ्ना छोरालाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका छन्। राष्ट्रपति गुर्बान्गुली बेर्डीमुखामेडोभले आफ्नो छोरालाई उद्योग र निर्माण मन्त्रीको रुपमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

तुर्कमेनिस्तानको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले शनिबार दिएको जानकारी अनुसार देशको धेरै रकमका परियोजनाहरुलाई हेर्ने गरी उनले छोरालाई मन्त्री बनाएका हुन्।

राज्यले प्रकाशन गर्ने गरेको पत्रिका नेचुरल तुर्कमेनिस्तानले ३८ वर्षिय छोरा सेर्डर बेर्डीमुखामेडोभलाई मन्त्रीका रुपमा नियुक्त गरिएको सम्बन्धि पत्र पनि प्रकाशित गरेको छ।

उद्योग तथा निर्माण मन्त्रीले हवाई, स्थल र जल यातायातसँगै सञ्चार लगायतको क्षेत्र पनि हेर्ने जनाइएको छ।  

राष्ट्रपति पुत्र बेर्डीमुखामेडेभलाई राष्ट्रपतिले आफ्को शसक्त उत्तराधिकारीको रुपमा तयार पार्दै लगेका छन्। उनले तुर्कमेनिस्तानमा विपक्षी, स्वतन्त्र संवैधानिक निकाय र प्रेस स्वतन्त्रता नभएकोे राजनीतिक प्रणाली चलाएका छन्। एएफपी

प्रकाशित: २५ माघ २०७६ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App