११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगान युद्ध अन्त्यका लागि प्रयास जारी

फाइल तस्बिर

अफगानिस्तान (एजेन्सी) –  ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाले प्रगति गरिरहेको र तालिबान लडाकू समूहसँग शान्ति वार्ता भइरहेको बताए। ‘हामी अन्ततः अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गरी हाम्रो सेनालाई घर फर्काउन कोशिस गर्दैछौं,’ ट्रम्पले भने। ‘कानुनको डन्डा लगाउने एजेन्सीका रूपमा अन्य राष्ट्रको सेवा गर्नु हाम्रो कार्य पनि होइन।’

संयुक्त राज्य अमेरिका र तालिबानबीच शान्ति वार्ता गत वर्ष सुरु भएको थियो। तर, सेप्टेम्बर र डिसेम्बरमा अमेरिकी सेनाको तालिम केन्द्रमा भएको तालिवानी लडाकुको आक्रमणपछि वार्ता रोकिएको थियो।   

 लामो समय अर्थात् सन् २००१ बाट सुरू भएको अफगान युद्धको कारण अमेरिकी सेनालाई पर्दै आएको अफ्ठ्यारो ‘हास्यास्पद’ भएको  उनले बताए।

अझै पनि अफगानिस्तानमा करिब १३ हजार अमेरिकी सेना रहेका छन्। यी सेनाले प्रायःअफगानी सेनालाई तालिवानी लडाकुविरुद्ध तालिमलगायत सरसल्लाह दिने कार्य गर्दै आएका छन्। अफगान युद्ध अमेरिकी इतिहासको सबैभन्दा लामो युद्ध हो। सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति भएयता अमेरिकी सेनाका २४ सय सदस्य मारिएका छन्।

प्रकाशित: २३ माघ २०७६ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App