सोल (दक्षिण कोरिया) – संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनलाई सनहाक शान्ति पुरस्कारबाट सम्मान गरिएको छ।
डा. सन मायोङ मुन को १०० औं जन्म जयन्तीको अवसरमा दक्षिण कोरीयाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा बान कि मुनलाई सनहाक शान्ति पुरस्कारबाट सम्मानित गरिएको हो।
विश्व शान्ति सम्मेलन २०२० ले गरेको उक्त कार्यक्रममा कम्बोडिया, नाइजेरियाका प्रधानमन्त्री तथा एक सय २० देशका करिब ६ हजार मानिसहरुको सहभागिता रहेको थियो।
विश्व शान्ति सम्मेलन २०२० ले काेराेना भाइरसबाट प्रभावितहरूकाे लागी प्रार्थना गरेकाे छ।
प्रकाशित: २२ माघ २०७६ ०५:५१ बुधबार