४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसिया (एजेन्सी) – इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मंगलबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। शक्तिशाली भूकम्प गएपनि कुनै क्षतिको विवरण प्राप्त नभएको र सुनामीको चेतावनीसमेत जारी नगरिएको अधिकारीले जनाएका छन्। अमेरिकी भूगर्भ विभागकाअनुसार सुमात्रादेखि पश्चिमतर्फ पर्ने सिमेउलु टापुमा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

इन्डोनेसियाली मौसम तथा भूभौतिक विभागले पनि सुनामीको चेतावनी नरहेको स्पष्ट पारेको समाचारमा जनाइएको छ। भूकम्पपछि स्थानीय बासिन्दा त्रसित भएका थिए भने भूकम्पको झट्का महसुस गर्नेबित्तिकै उनीहरु घरबाहिर दौडिएका थिए।

‘हामीले अहिले सामुद्रिक किनाराको अवलोकन गरिरहेका छौं, सामुिद्रक पानीको चाल कस्तो छ भन्ने हेरिरहेका छौं,’ एक स्थानीयवासीले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई बताएका छन्। कुनै मानवीय क्षति र भौतिक संरचना क्षतिको विवरण अहिलेसम्म प्रान्त नभएको अधिकारीले जनाएका छन्।

इन्डोनेसियामा भूकम्प, ज्वालामुखी र आँधी बेलाबेलामा आइरहने गरेको छ। यसअघि सन् २०१८ मा सुलावेसी टापुमा गएको ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण दुई हजार दुई सय भन्दाबढीको मृत्यु भएको थियो भने, एक हजारभन्दा बढी बेपत्ता भएका थिए।

प्रकाशित: २३ पुस २०७६ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App