९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कमेन्टमा मुख्यमन्त्रीको विरोध गरेपछि समर्थकले 'खुइल्याइ दिए तालु'

काठमाडाैं  - मुख्यमन्त्रीको पोष्टमा कमेन्ट गरेपछि भारतमा एक जनाको तालु खुइल्याएको छ। महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको पोष्टमा कमेन्ट गरेको भन्दै राहुल तिवारी उर्फ हीरामणि तिवारी नाम गरेका एक जनाकाे ठाकरेका समर्थकले आधा कपाल काटेर तालु खुइल्याइ दिएका हुन्।

१५ डिसेम्बरमा जामिया विश्वविद्यालयमा नागरिकता कानुन(सीएए—एनआसी) को विषयमा प्रदर्शन भएको थियो। यस विषयमा धेरै नेताहरुले प्रतिक्रिया जनाए। महाराष्ट्रका मुख्यमन्त्री(सीएम) ठाकरेले पनि टिप्पणी गरे। उनको टिप्पणी थियो, ‘जामिया मिलिया इस्लामियामा जे भयो, त्यो जलियावाला बाघजस्तै हो। छात्र ‘युवा बम’जस्तै हुन्, त्यसैले मेरो केन्द्र सरकारलाई अनुरोध छ, उनीहरुसँग यस्तो नगरियोस जुन भैरहेको छ।’

मुख्यमन्त्रीको यही पोष्टमा राहुलले कमेन्ट गरेका थिए। १९ डिसेम्बरमा गरेको यो कमेन्टपछि ठाकरे समर्थकले हीरामणिलाई सडकमा समातेर पिटे तथा उनको कपाल काटेर तालु खुइल्याए। उनले सीएमको 'जामियावाला बाग'मा कमेन्ट गरेका थिए। यसलाई गलत भनेका थिए। त्यसपछि उनलाई धम्की आउन थालेपछि उनले पोष्ट नै डिलिट गरे। तर ठाकरेका समर्थकले भने छाेडेनन्।

उनकाअनुसार २२ डिसेम्बरको दिउँसो १२ बतेतिर बीस/तीस जनाको समूहमा मानिसहरु घर आए। उनलाई पिटियो। उनीहरुले राहुलको टाउकोको कपाल आधा काटे। समूहमा आएकाहरुको कुटाइबाट राहुलको कानको जाली नै फुट्यो। उनले यस विषयमा प्रहरीलाई समेत जानकारी दिएका छन्। र आरोपीलाई कडा कारबाहीको माग गरेको छन्।

प्रकाशित: ८ पुस २०७६ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App